सामाजिक सञ्जालमा राख्न नहुने केहि गोप्य कुरा

हामीले आफ्ना नीजि र गोप्य सूचना सामग्री फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा अपलोड गछौँ । अहिले आम मानिसको अभिन्न अंगका रुपमा सामाजिक सञ्जाललाई लिन थालिएको छ ।

हामीले सामाजिक सञ्जालमा दिने नीजि जानकारी कारण समस्या पर्न सकिन्छ भन्ने कुराको हेक्का समयमै राख्न नसक्दा कल्पना नगरिएका समस्याबाट गुज्रन पर्ने हुनसक्छ । सामाजिक सञ्जालमा हुने हाम्रा साथी कतिपय राम्रा नियतका हुन्छन् भने कति गलत नियतले तपाईको साथी बनेका हुनसक्छन्, यस्ता मानिसहरुले यसको गलत फाइदा उठाउने सम्भावन रहन्छ ।

तपाईले सामाजिक सञ्जालमा राख्न नहुने गोप्य कुराहरुबारे चर्चा गदैँ छौँ ।

  • १. सामाजिक सञ्जालमा मोबाइल नम्बर कहिले पनि सार्वजनिक नगर्नुहोस् । यदी सामाजिक सञ्जालमा फोन नम्बर राख्नु भएको छ भने हाइड गर्नुहोस् । गलत प्रवृतिका मानिसहरुले यसको फाइदा लिन सक्छन् ।
  • २. सकभर सामाजिक सञ्जालमा सार्वजनिकरुपमा देखिने गरी जन्मदिन नराख्नुहोस् । सामाजिक सञ्जालमा तपाईंले पुरा जन्म दिनको जानकारी सार्वजनिकरुपमा देखिने गरी राख्नु भएको छ तुरुन्त हाइड वा हटाउनुहोस् । किन भने ह्याकरले तपाईंको जन्मदिनको पुरा सूचनाबाटै तपाईंको नीजि जानकारी लिइ तपाईंको बैंक एकाउन्ट, मास्टर कार्ड, के्रडिट कार्ड लगातयका जानकारी हासिल गरेर समस्या पार्न सक्छन् ।
  • ३. सामाजिक सञ्जालमा रहदा तपाईंले व्यक्तिगतरुपमा चिन्ने वास्तविक साथीलाई मात्र साथी बनाउनुहोस् ।
  • ४. तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु सामाजिक सञ्जालमा समावेश नगर्नुहोस् । यस्ता सूचनाले अरुले फाइदा उठाउन सहयोगी बन्छन् । आफ्ना नितान्त व्यक्तिगत र नीजि जानकारी फेसबुकमा सेयर नगरेकै राम्रो ।
  • ५. सामाजिक सञ्जालमा कहिल्यै पनि आफ्नो क्रेडिट कार्डको जानकारी नराख्नुहोस् । यदि एकाउन्ट ह्याक भयो भने तपाईंको सबै आर्थिक लेनदेनको जानकारीका लिन सक्छन् । यसका अलावा क्रेडिट कार्डमा रहेको जानकारीका आधारमा खातामा रहेको पैसा समेत ह्याकरले लान सक्छन् ।
  • ६. सामाजिक सञ्जाल नितान्त व्यक्तिगत डिजिटल स्पेश हो । तपाईंको कार्यलयका कुरा सामाजिक सञ्जालमा नराख्नुहोस् । यसबाट तपाईलाई समस्यामा पार्न सक्छ ।
  • ७. सामाजिक सञ्जालमा म ७ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्ने गर्नुभएको छ भने आजै बाट यस्ता जानकारी दिने काम नगर्नुहोस् । यसले तपाईंलाई केही क्षण खुसी त देला तर यसको बेफाइदा धेरै छन् । यसरी म घरबाट बाहिर छु भन्ने स्टाटस राख्दा ती दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । तपाईं बाहिर रहदाँ तपाईंका परिवारका सदस्य असुरक्षित हुन सक्छन् । त्यसैले यस्ता कुराहरु सामाजिक सञ्जालमा नराख्दा राम्रो । – आइटी पाना

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*