मिथुन उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

काठमाडौँ, मड्सिर २५ । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका स–साना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ ।

उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामाकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि मङ्सिर २८ गते आइतबार राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने अध्यक्ष भट्टराईले बताउनुभयो ।

मौसमले साथ दिएमा उल्का वर्षा हेर्नका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन । उल्का वर्षा अवलोकन गर्न र आफ्नो क्यामेरामा कैद गर्ने प्रयासका लागि सोसाइटीको टोली पोखरामा जाने जनाइएको छ ।

देशका अन्य भागमा रहेका सोसाइटीका सदस्यले आफ्नै स्थानबाट हेर्ने र तस्वीर लिनेछन् । अवलोकनकर्तालाई आफ्ना तस्वीर सोसाइटीलाई पठाउनसमेत आह्वान गरिएको छ । सोसाइटीमा प्राप्त तस्वीरलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ ।

प्रेस विज्ञप्ति

मिथुन उल्कावर्षा

मंसिर १९ देखि पुष २ गते सम्म सक्रिय रहने मिथुन उल्कावर्षा यस बर्ष मंसिर २८ को राति अत्यधिक सकृय रहनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिनेछ । योे उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिदै छ । उल्का बर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा ९न्झष्लष्म ःभतभयच क्जयधभच० नामकरण गरिएको हो ।

उल्कावर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् । अवलोकनको लागि मंसिर २८ राति ८ः०० बजे देखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकुल हुनेछ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरुका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ ।

उल्कावर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवस्यकता पर्दैन । उल्कावर्षा अवलोकन गर्न र आफ्नो आफ्नो क्यामेरामा कैद गर्ने प्रयासको लागि हाम्रो टोली आज पोखरा जादैछ भने देशका अन्य भागमा रहेका हाम्रा सदस्यहरुले आआफ्ना स्थानमा रहेका नजिकैका स्थानबाट हेर्ने र तस्बिर लिने प्रयत्न गर्नेछन् ।

साथै यसै विज्ञप्ति मार्फत सम्पूर्ण अवलोकनकर्ताहरुलाई आफ्ना तस्बिरहरु हामीलाई पठाउन आह्वान गर्दछा ै। प्राप्त तस्बिरहरुलाई हामी हाम्रो हाम्रो समजिक सन्जालामार्फत शेयर गर्नेछा ैं।

उल्कावर्षा सम्बन्धि थप जानकारीको लागि हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यवाद,

सुरेश भट्टराई

अध्यक्ष

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*