
भारत सरकारले ‘टिकटक’ र ‘वि च्याट’ सहित झण्डै ६० वटा ‘मोबाइल एप्लीकेशन’माथि प्रतिबन्ध लगाएको छ । भारत सरकारले सोमबार राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ।
त्यसो त भारत र चिनियाँ सेनाबीच लद्दाख र चीन जोड्ने सीमा क्षेत्र ‘लाइन अफ एक्च्युल कन्ट्रोल’मा हिंसात्मक झडप भएको दुई सातापछि भारतले चीनसँग सम्बन्धित ‘टिकटक, ‘शेयर इट’, ‘वि च्याट सहितका ५९ वटा मोबाइल एप्लीकेशनमाथि प्रतिबन्ध लगाएको हो ।
भारतको सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐन, २००९ को अनुच्छेद ६९ ‘ए’को अधिकार प्रयोग गरी उक्त निर्णय गरेको जनाएको छ । यसरी प्रतिबन्ध लगाइएका मोबाइल एप्लिकेशनमा टिकटक, शेयर इट, वी च्याट, रोम्वे, क्लब फैक्ट्री, वेइबो, क्वै, यूसी ब्राउजर, शैन, क्लेश अफ किंग, डीयू बैटरी सेभर, हेलो, लाइकी, भाइरस क्लिनर, सी एम ब्राउजर लगायतका रहेका छन् ।
Leave a Reply